काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनाएको छ । कोरोना विरुद्धको १० देखि १२ लाख डोज खोप मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले रातोपाटीलाई बताए । सो खोप नलगाएका व्यक्तिले आफ्नो पायक पर्ने स्थानबाट खोप लगाउन समेत उनले अग्राह गरे ।
देशभर ९२ प्रतिशत सङ्ख्याले कोरोना विरुद्धको खोप लगाएका छन् भने ८ प्रतिशत व्यक्तिले खोप लगाउन बाँकी छन् । नेपालमा नयाँ सब–भेरियन्ट जेएन. १ को पुष्टि भएसँगै खोप नलगाएका व्यक्तिलाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको हो ।
हालै पुष्टि भएको ओमिक्रोनको नयाँ सब–भेरियन्ट खोप नलगाएका व्यक्तिलाई खोप लगाएका व्यक्तिको तुलनामा बढी प्रभाव हुनसक्ने भएकाले खोप लगाउनुपर्ने बुढाथोकीले बताए । देशभर ५ वर्ष बढी उमेरकाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् ।
नियमित हात धुने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, सकेसम्म भिडभाड नगर्ने लगायतका स्वास्थ्य मापदण्डलाई अनिवार्य लागू गर्न समेत बुढाथोकीले सबैलाई सुझाए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
आज देशभरको मौसम कस्तो रहन्छ?
काँग्रेस उपसभापति धनराज गुरुङले संसदमै अमर्यादित हर्कत देखाए, पूर्वप्रम ओलीसँग धकेलाधकेल
पोखराबाट गुल्मी तम्घास जाँदै गरेको बस रिडीमा दुर्घटनाः घाइते सहचालकको मृत्यु
पूर्व प्रधानसेनापति सिंहको निधन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग