छोरेपाटनबाट लागु औषधसहित एक व्यक्ति पक्राउ

छोरेपाटनबाट लागु औषधसहित एक व्यक्ति पक्राउ

Arrest

पोखरा। छोरेपाटनबाट अवैध लागु औषधसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -१७ छोरेपाटनबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले स्याङ्गजा भिरकोट नगरपालिका -१ घर भइ हाल पोखरा -१५ कोलपाटन बस्दै आएका ३४ वर्षीय अनिल गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुधबार बिहान लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले छोरेपाटनस्थित सडकमा ग १ ख ५४०६ नंवरको मिनी ट्रकलाई चेक जाँच गर्ने क्रममा गुरुङलाई करिब ६ ग्राम २ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो।

उनीविरूद्ध लागु औषध मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds