आहा रारा गोल्डकपमा विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने

आहा रारा गोल्डकपमा विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने

pokhara rangasala

तस्वीर: सुदर्शन रञ्जित

पोखरा । पोखरामा आयोजना हुन गइरहेको आहा रारा गोल्डकपमा विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पोखरा रंगशालामा हुने प्रतियोगितामा आठ ‘ए’ डिभिजन, दुई विदेशी, एक मोफसल र एक आयोजक गरी १२ टोलीले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको हो ।

प्रतिस्पर्धामा डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्रले प्रतिस्पर्धा गर्नेछ । यस्तै, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार, आयोजक सहारा सहित विदेशी टोलीमा भारतको आइ लिग खेल्ने दिल्ली एफसी र भुटानको पारो एफसी सहभागी हुनेछ ।

प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds