हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ ।
शुक्रबार भएको खेलमा गल्कोट न.पाले शुक्लागण्डकी म.पा तनहुँलाई, चापाकोट म.पा स्याङजाले ताराखोला गा.पा बाग्लुङलाई, बोदीकाली गा.पा नवलपुरले माछापुच्छे« गा.पा कास्कीलाई, चापाकोट न.पा स्याङजाले पुन निसीखोला गा.पा बाग्लुङलाई, कालीगण्डकी गा.पा स्याङजाले भिमाद न.पा तनहुँलाई, र अन्नपुुर्ण गा.पा कास्कीले रुपा गा.पा कास्कीलाई पछि पर्दै आगामी यात्रा तय गर्न सफल भए ।
शुक्रबार गल्कोट र कालीगण्डकी विच भएको अन्तिम क्वाटर फाईनल खेल लाईट पोटेष्टका कारण शनिवार ९ बजे सम्मका लागि स्थगित गरिएको छ । अन्तिम क्वाटर फाईनल खेल विजेताले अन्नपुर्ण गा.पा कास्की संग शनिवार हने दोस्रो सेमिफाईनल खेलमा भिडनेछ भने प्रथम सेमिफाईनलको खेल वोदीकाली गा.पा र चापाको न.पा स्याङजा विच शनिवार विहान १० बजे हने खले उप–संयोजक जापान गुरुङले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गरेका २ टिम लाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छ्रे- ३, घाचोक मेधराज मा.विको खेल मैदानमा पौष २६ गते सुरु भएको थियो । प्रतियोगिता २८ गते सम्म संचालन हुने छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’