हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगिताको उपाधि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिकाले जितेको छ ।
माछापुच्छ्रे ३ घाचोकमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३-१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो ।
उपाधि जितेको बौदीकालीले नगद रु तीन लाख,ट्रफी र मेडल पुरस्कार पायो भने उपविजेता गलकोटले रु दुई लाख तथा ट्रफीमा चित्त बुझायो ।
किबौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो भने यसैगरी गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल पुगेको हो ।
सेमिफाइलन पुगेका अन्नपूर्ण र चापाकोटले रु ५० हजारका दरले पुरस्कार पाए । बौदीकालीका अशोक श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु सात हजार पुरस्कार पाए ।
यसैगरी उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर बौदीकालीका विश्वास अधिकारी, उत्कृष्ट सर्भर बौदीकालीका आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित हुँदै उनले जनही नगद रु पाँच हजार पुरस्कार पाए ।
प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद द्वय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्य द्वय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले पुरस्कार वितरण गरे ।
युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्धेश्य सहित प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताए ।
यही पुस २६ गतेदेखी घाचोकको मेघराज आधारभुत विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । खेल हेर्न माछापुच्छ«े सहित पोखरा तथा छिमेकी अन्य पालिकाहरुबाट समेत दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर