सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

silver-gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds