कुश्माका अजय स्याङ्जामा लागू औषधसहित पक्राउ 

कुश्माका अजय स्याङ्जामा लागू औषधसहित पक्राउ 

received_648903143908321

स्याङ्जा । पर्वतको कुश्मा नगरपालिका घर भएका अजय नेपालीलाई स्याङ्जामा लागू औषधसहित पक्राउ गरेको छ ।

स्याङ्जाको वालिङ् नगरपालिका – ९ भकुण्डे स्थित सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङ्बाट खटिएको प्रहरीको टोलीले चेकजाँचका क्रममा कुश्मा – १० का २३ वर्षीय अजयलाई लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पक्राउ परेका नेपालीले बोकेको झोलाबाट ४९ एम्पुल नोफिन, ४९ एम्पुल डाईजेपाम, ४९ एम्पुल फेनराग जस्ता लागू औषध फेला परेको हुँदा उनलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान गर्ने  डिएसपी रानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ