चितवनमा खाना पकाउने ग्याँस पड्किँदा एकजनाको मृत्यु

चितवनमा खाना पकाउने ग्याँस पड्किँदा एकजनाको मृत्यु

Gas-Blast

सांकेतिक फोटो

चितवन । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको हो ।

स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds