७०० रुपैयाँले घट्यो सुनको मूल्य

७०० रुपैयाँले घट्यो सुनको मूल्य

Gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ७०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds