पोखरा । हुक्का मेरो, छैन मैले तिम्रो, कहाँ होला घरबार, यानिमाया जस्ता बहुचर्चित गीतहरू प्रस्तुत गरिसकेको कर्मा ब्यान्डको व्यवस्थापकीय जिम्मेवारी अल्फा स्क्वायर कम्पनीले लिएको छ ।
आदि ग्रुप अन्तर्गत गीत सङ्गीतको क्षेत्रमा क्रियाशील गायक गायिका तथा ब्यान्डहरूको जिम्मेवारी लिँदै आएको अल्फा स्क्वायरले कर्मा ब्यान्डको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ । यस अघि कन्दरा ब्यान्डको जिम्मेवारी लिईकन्दराको पुर्नआगमनको सिलसिलामा ‘बिचरा म’ गीत र पुस २७ गते पोखराको सबैभन्दा बृहत् कन्सर्ट आयोजना गरेको अल्फा स्क्वायरले कर्मा ब्यान्डको व्यवस्थापनको अभिभारा लिएको हो ।
कर्मा व्यान्डका गायक सुरेन्द्रमान सिंहले भने, ‘हामी यो सहकार्यलाई प्रगतिशील मान्छौँ किनकी गायक र वाद्यवादकको कामसिर्जना गर्नु हो र सम्वद्र्धनको काम व्यवस्थापन गर्ने टोलीले नै लिएको राम्रो हो । यसले कर्मा व्यान्डको दुईवटै पक्ष सिर्जना र व्यवस्थापनलाई टेवा पुग्नेछ । ’
आदि ग्रुपका अध्यक्ष तथा अल्फा स्क्वायरका प्रणेता आशिष पराजुलीले भने, ‘नेपाली परिप्रेक्ष्यमा कुनै गायक गायिका वा ब्यान्डको व्यवस्थापन नै गर्न एउटा छुट्टै टोली खडा गरिनु उति प्रचलित प्रयोग नभए पनि अन्तर्राष्ट्रिय परिवेशमा यो अत्यावश्यक मानिएको छ ।’ पराजुलीले थपे, हामीले हालै कन्दरा व्यान्डको व्यवस्थापन गरी म्युजिक भिडियो र कन्सर्ट नै ग¥यौँ जसले व्यवस्थापन गर्नुपर्ने अपरिहर्य तथ्यलाई उजागर गरिदिएको छ । अब कर्मा ब्यान्डको पनि जिम्मेवारी लिई हामी नयाँ एल्बम, नयाँ म्युजिक भिडियोहरू र कार्यक्रम प्रस्तुतिको व्यवस्थापनमा पनि दत्त चित्त भइ लाग्नेछौँ ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन