‘म त हजुर हङकङको लाहुरे’लाई माया बढ्दै [भिडियो]

गीत संगीत

‘म त हजुर हङकङको लाहुरे’लाई माया बढ्दै [भिडियो]

म त हजुर हङकङको लाहुरेलाई माया गर्नेको जमात बढ्दै गएको छ । १० दिन अघि सार्वजनिक यस गीतलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको हो ।

जीवन दाहाल, राजन कार्की र रमा गौतमको स्वर रहेको यस गीतको भिडियो पनि राम्रो बनेको छ । मधु थापाको प्रस्तुति रहेको गीतमा राजन कार्कीको आफ्नै शब्द र संगीत रहेको छ । थेगो पनि राजन कार्कीकै हो ।

याम थापा मगरको म्युजिक एरेन्ज रहेको छ । यस्तै, मोडल राजेश पौडेल र मधु थापा मगर फिचर्ड रहेको भिडियोले सकारात्मक प्रतिक्रिया पाएको छ ।

भिडियो राजन कार्कीले आफै निर्देशन गरेका हुुन् । भिडियो गणेश सापकोटाले खिचेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।

जिवन दाहाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सचिव हुन् भने राजन कार्की गण्डकी प्रदेश कमिटिका अध्यक्ष हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ