काँग्रेस सभापति देउवा स्याङ्जा आउँदै

काँग्रेस सभापति देउवा स्याङ्जा आउँदै

काँग्रेस स्याङ्जाको जिल्ला सम्मेलन सिटी हलमा

Sher Bahadur Deuba

स्याङ्जा । नेपाली काङ्ग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलन आज बुधबार सदरमुकामस्थित सिटीहलमा हुँदैछ ।

सम्मेलनमा सहभागी हुन नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा स्याङ्जा आउँदैछन् ।

देृवासहित पार्टीका केन्द्रीय उपसभापति तथा उपप्रधानमन्त्री पूर्ण बहादुर खड्का, पार्टीका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, पार्टीका महामन्त्री गगन कुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सह-महामन्त्री जीवन परियार, पूर्व उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य डा। शेखर कोइराला लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने नेपाली काङ्ग्रेस स्याङ्जाका सचीव दामोदर लम्सालले जानकारी दिए ।

उनले पार्टीका सबै सदस्यलाई सम्मेलनमा उपस्थित हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ