स्याङ्जा । नेपाली सेनाको श्रमदानबाट निर्मित हेलिप्याड हरिनास गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
स्थानीय तहको बजेट तथा नेपाली सेनाको जनशक्ति श्रमदानमा `एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण´ गर्ने योजना अनुरुप स्याङ्जाको हरिनास गाउँपालिका -४ चुलिडाँडा स्थित सार्वजनिक जग्गामा हेलिप्याड निर्माण गरिएको समरजित गुल्म स्याङ्जाका गुल्मपति सेनानि दिपेश खड्काले जानकारी दिए ।
हरिनास गाउँपालिकाको आर्थिक व्यवस्थापन र समरजित गुल्म स्याङ्जाको श्रमदानबाट निर्माण गरिएको हेलिप्याडको श्री नं. ३ बाहिनी अड्डा खैरेनीटार ब्यारेक तनहुँका बाहिनीपति सहायक रथी गौरव कुमार केसीबाट शिलालेख अनावरण तथा समुद्घाटन गरी पालिकाका प्रमुख खिम नारायण मानन्धरलाई हस्तान्तरण गरिएको सेनानि खड्काले बताए ।
श्री नं. ३ बाहिनी अड्डाका बाहिनीपति स.र. गौरव कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा हरिनास गाउँपालिकाका प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीयवासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
सोहि कार्यक्रममा समरजित गुल्मले गरेको सहयोगको उच्च कदर गर्दै गुल्मपति सेनानि दिपेश खड्कालाई हरिनास गाउँपालिकाले प्रशंसा पत्र प्रदान गरेको थियो ।

सम्बन्धित खबर
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
माइक्रोबसको ठक्करबाट महिला घाइते
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन