क्यानडा पठाइदिन्छु भनेर ठगी गर्ने २ विदेशीसहित ६ जना पोखराबाट पक्राउ

क्यानडा पठाइदिन्छु भनेर ठगी गर्ने २ विदेशीसहित ६ जना पोखराबाट पक्राउ

pakrau-file-photo-750×375

पोखरा । क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने ६ जना पोखराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा १ जना क्यानडियन र भारतीयसमेत रहेका छन् ।

मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानेडा लैजाने प्रलोभन देखाएर अन्तर्वार्ता लिन बोलाएको भन्ने गोप्य सूचनाको आधारमा कास्की प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ गरेको हो।

पोखरा महानगरपालिका–१३ पाटनवेशीकी ६५ वर्षीय पार्वती सुनारले छोरा क्यानडामा रहेकाले सिधै भिषा निकाल्ने प्रलोभन देखाएर अन्तर्वार्तामा बोलाएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

प्रहरीका अनुसार अन्तर्वार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्तर्वार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पार्वती सुनारसहित पोखरा– ९ महेन्द्रपुलकी ३७ वर्षीय रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका– ३ बस्ने ३२ वर्षीय सिमा सुनार, काठमाडौं महानगरपालिका– १४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन्।

यस्तै, क्यानडाका स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपालका ३२ वर्षीय इस्मित कौरसमेत पक्राउ परेका छन्।

पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds