पोखरा । क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने ६ जना पोखराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा १ जना क्यानडियन र भारतीयसमेत रहेका छन् ।
मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानेडा लैजाने प्रलोभन देखाएर अन्तर्वार्ता लिन बोलाएको भन्ने गोप्य सूचनाको आधारमा कास्की प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ गरेको हो।
पोखरा महानगरपालिका–१३ पाटनवेशीकी ६५ वर्षीय पार्वती सुनारले छोरा क्यानडामा रहेकाले सिधै भिषा निकाल्ने प्रलोभन देखाएर अन्तर्वार्तामा बोलाएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
प्रहरीका अनुसार अन्तर्वार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्तर्वार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पार्वती सुनारसहित पोखरा– ९ महेन्द्रपुलकी ३७ वर्षीय रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका– ३ बस्ने ३२ वर्षीय सिमा सुनार, काठमाडौं महानगरपालिका– १४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन्।
यस्तै, क्यानडाका स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपालका ३२ वर्षीय इस्मित कौरसमेत पक्राउ परेका छन्।
पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन