बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

mrita fela

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६, शिवघाटमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ शरणपुरबाट नारायणगढ जाँदै गरेको बा.प्र.०३–००१ च ११९७ को नम्बरको बलेरोले बा.प्र.०३–००३प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ४१ वर्षीय मोटरसाइकल चालक मधुसुदन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार उनका छोरी १५ वर्षीय अपेक्षा खत्रीको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds