बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

silver-gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds