त्रिविको सेवा आजदेखि अनलाइनबाटै

त्रिविको सेवा आजदेखि अनलाइनबाटै

TU

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आजदेखि आफ्ना सेवाहरु अनलाइनबाटै दिन सुरु गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो ।

विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको कम्प्युटरमा क्लिक गरी सेवाको शुभारम्भ गरे । उद्घाटनपछि उनले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान सोमबार सुरु भएको र यो सफलतामा पुग्ने विश्वास व्यक्त गरे ।

अनलाइन सेवा प्रारम्भ भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउनेजस्ता कार्यका लागि घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् ।

यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुस्थित कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो ।

सोका लागि विद्यार्थीले आफ्नै कम्प्युटरबाट www.tuexam.edu.np लग इन गरी तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ