पोखरा । पुन समाज नेपालको आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको छ ।
पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वज कुमार गुरुङले नेपालमा भलिबल खेलको विकास तिब्र रुपमा भईरहेको बताए । उनले गाउँ वा शहरमा हुने प्रतियोगिताहरुले यसको पुष्टि गरेको सुनाए ।
परिषदले खेलककुद विकासको लागि आवश्क सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे । प्रथम पुन हिल कप आयोजनासहित पुख्र्यौली कला र संस्कृतिको संगम थलो बनाएकोमा उनले खुसि व्यक्त गरे । ‘यस्ता प्रतियोगितालाई निरन्तरता दिनुहोला । हामी परिषद्बाट हुने सहयोग गर्छाैं ।’ उनले भने । यो क्षेत्र खेलकुदको उर्बर क्षेत्र भएको बताउदै गुरुङले जहाँ जस्तो खेलको विकासको सम्भावना छ त्यहाँ त्यसैको विकासमा लाग्नुपर्नेमा जोड दिए ।
संस्कृतिकर्मी तुलसी प्रभासले नेपाली मौलिक कला, संस्कृतिले भरिपूर्ण भएको बताउँदै यीनको संरक्षणको दायित्व हाम्रै काँधमा आएको बताए । उनले समाजमा एकताबद्ध भई आफ्नो मौलिक पहिचानको लडाँईमा निरन्तर लागिरहनु् पर्नेमा जोड दिए ।
उद्घाटन सत्रमा अर्चलबोट आमा समूह, चेतनशिल आमा समूह ढुंगेपाटन लगायतका समूहले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा पुख्र्यौली नृत्य पनि देखाईएको थियो ।
पुन समाज नेपालमा अध्यक्ष भिमबहादुुर फगामीको अध्यतामा भएको कार्यक्रम महासचिव खिमनशेर पुर्जा पुनले गरेका थिए ।
प्रौढ तर्फको खेल शुरु
यसैबीच, प्रतियोगितामा प्रौढ तर्फका खेल शुरु भएको समाजका सदस्य प्रेम पुनले जानकारी दिए । उद्घाटन खेल पुन समाज नेपाल तथा ढुंगेपाटनबीच भएको थियो ।
प्रतियोगितामा प्रथम हुने पुरुष टीमले १ लाख ११ हजार १११ रुपैयाँ, मेडल, ट्रफि र प्रमाण पत्र पाउने छ । उपविजेता हुने टीमले रुपैयाँ ५५ हजार ५५५, मेडल, ट्रफि र प्रमाण पत्र पाउनेछ ।
महिलातर्फ प्रथम हुने टीमले ६६ हजार ६६६, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले रुपैयाँ ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए ।
प्रतियोगितामा ४० वर्ष माथि उमेरका प्रौढको विजेताले ३३ हजार ३३३, मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेताले २० हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ ।
नयाँ प्रतिभावान खेलाडीहरुको हौसलाका लागि समाजले प्रदेश तथा राष्ट्रिय टीममा रहेर खेलेका खेलाडीहरुलाई समावेस गराएको छैन ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला