पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सञ्चार माध्यमबाट अझै उचाईमा पुर्याउन ‘मिडिया पार्टनर’हरु संग छलफल सम्पन्न भएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सोमबार एक छलफल कार्यक्रम सम्पन्न भएको हो । सो अबसरमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनलाई जन–जनमा पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले त्यसतर्फ सबैको सहयोगका लागि आग्रह गरे ।
पोखरा म्याराथन सुरु हुनका लागि अझै १८ दिन बाँकी हुँदा १२ देशका २९ विदेशी धावकहरुले नाम दर्ता गरिसकेको जानकारी दिंदै निवर्तमान अध्यक्ष गुरुङले पोखरा म्याराथनको उचाईलाई अझै आत्मसात गर्न सञ्चारक्षेत्रको भूमिकालाई अझै प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिए । “पोखरा म्याराथन कुनै संस्थाको मात्रै प्रतियोगिता होइन । यो आम पोखरेलीहरुको हो”, उनले भने–“पोखरा म्याराथनको जसरी आज विश्वब्यापी रुपमा चर्चित भएको छ यसको श्रेय हामी सबैलाई बाँड्न चाहन्छौं ।”
१८ औं सस्करणमा सबै धावक तथा खेलाडीहरुको अनलाइनमार्फत दर्ता हुने जानकारी दिंदै निवर्तमान अध्यक्ष गुरुङले त्यसका लागि माघ २८ गते सम्म अन्तिम दर्ता तोकिएको बताए । उनले भने–“पोखरा म्याराथनलाई हामीले प्रविधिमैत्री बनाएका छौं । सहज रुपले दर्ता देखि सबै आफ्नो रेसको प्रमाणपत्र समेत खेलाडीहरुले अनलाइनमार्फन नै प्राप्तगर्नेछन् ।”
यस पटकको पोखरा म्याराथनमा हरेक खेलाडीहरुलाई चिप्स प्रदान गरिने जानकारी दिंदै पोखरा रंगशालाबाट सुरु हुने दौड शहरका विभिन्न भाग हुँदै पोखरा हल्लनचोकस्थित क्याम्पिङ चोकमा पुगेर समापन हुने निवर्तमान अध्यक्ष गुरुङले जानकारी दिए ।
मञ्चका प्रथम उपाध्यक्ष एवं पोखरा म्याराथनका मुख्य संयोजक दिल बहादुर गुरुङको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बहुआयमिक व्यक्तित्व एवं वरिष्ठ सञ्चारकर्मी प्रकाश सायमीले पोखरा म्याराथनको इतिहासले आफूलाई समेत सो दिन पोखरा आउन प्रेरित गरेको बताउँदै सफलताको शुभकामना व्यक्त गरे ।
सो अबसरम पोखरा म्याराथन प्रचार–प्रसार समितिका संयोजक एवं मञ्चका कार्यबहाक महासचिब केशव पाठक, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिब माधब बराल, खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, वरिष्ठ पत्रकार भरत कोइराला, केशव लामिछानेलगायतले पोखरा म्याराथन सफल बनाउन आ–आफ्नोतर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए