‘कसो कसो माया बस्यो’ ले दर्शकको माया पाउँदै [भिडियो]

गीत संगीत

‘कसो कसो माया बस्यो’ ले दर्शकको माया पाउँदै [भिडियो]

४ दिनमा झण्डै ४ लाख भ्यूज

पोखरा सुन्दर शहर । यहाँको मौसमदेखि सौन्दर्यताको प्रशंसा सबैले गर्छन् ।

यहि पोखराको सौन्दर्यताले गर्दा फिल्म निर्माण देखि गीतको भिडियो छायांकन पोखराका विभिन्न स्थानमा हुने गरेका छन् । यस्तै, पोखरा तथा आसपासमा छायांकन गरिएको किरण शंकरले गाएको गीत ‘कसो कसो माया बस्यो’ युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोमा अहिलेका चर्चित कलाकार मिलन शंकर र बिना राउतको जोडीलाइ देख्न पाइन्छ ।

गीतमा शब्द दिपक रसाइलीको रहेको छ भने संगीत जीवन रसाइलीले दिएका छन् । उक्त गितको संगीत संयोजन बुद्ध लामाले गरेका हुन् ।
भिडियोलाई अर्को प्रोडक्सनले तयार पारेको छ । भिडियोको छायांकनमा बिशाल थापा र एडीट तथा रंग संयोजन नहकुल खड्काले गरेका हुन्।

भिडियोलाई पछिल्लोक्रममा निकै ब्यस्त निर्देशक रोहन नेपालीले गरेका हुन् । रोहन भन्छन् ‘अब पोखरालाई म्युजिक भिडियोको हब बनाउनु पर्छ। त्यसै अनुरुप हामीले सक्दो पोखरा तथा पोखरा आसपास का ठाउमा भिडियोहरु छायांकन गरिरहेका छौं ।’

कसो कसो माया बस्यो भन्ने गित किरण शंकर युट्युव च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ