सुनचाँदीको मूल्य कति पुग्यो?

सुनचाँदीको मूल्य कति पुग्यो?

sun gold

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds