स्याङ्जा । सहिद दिवसको अवसर पारेर पहिलो पाइला नेपाल स्याङ्जा शाखाले दीप प्रज्वलन गरेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका -१ सहिद चोकमा देश परिवर्तनका लागि प्राण आहुती दिएका सहिदहरुलाई सम्झँदै सम्मानका साथ पहिलो पाइला नेपाल स्याङ्जा शाखाद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको हो ।

राणा शासन विरुद्ध क्रान्ति गरेकोमा शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । हरेक वर्षको माघ १६ गते सहिदहरुको सम्मानमा सहिद दिवस मनाइने गरिन्छ ।
उक्त कार्यक्रममा प्रजातन्त्र स्थापनाका लागि रगतको बलिदान दिएका सहिदहरुको सम्झनामा एक मिनेटको मौन धारण गरिएको शाखाका उपाध्यक्ष पवन मरासिनीले बताए । उनले सहिदहरुले जुन सपना बोकेर आफ्नो प्राणको आहुती दिएका थिए, ती सपनाहरू सबै मिलेर सफल पार्नुपर्ने बताए ।
पहिलो पाइला नेपाल स्याङ्जा शाखाका सभापति सन्ध्या लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन शाखाका सह-सचिव गोपी सुवेदीले गरेका थिए ।
स्याङ्जामा निस्वार्थ भावनाले सामाजिक सेवामा अग्रणी रहेको पहिलो पाइला नेपाल स्याङ्जा शाखाले शैक्षिक सामाग्री वितरण, सरसफाइका कार्यक्रम, विषम परिस्थितिमा फुड बैंकको स्थापना, न्यानो कपडा तथा विद्यार्थीहरुलाई भविष्य बोक्ने झोला वितरण लगायत सामाजिक कार्यक्रम गर्दै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ