बाटो छेकी होटल मिलाइदिन्छौं भन्दै ब्याग तान्ने ६ जना लेकसाइडबाट पक्राउ

पर्यटकलाई हैरानीः

बाटो छेकी होटल मिलाइदिन्छौं भन्दै ब्याग तान्ने ६ जना लेकसाइडबाट पक्राउ

पैसाको बार्गेनिङ गर्दै गरेको आरोप

pull bag

एआई सिर्जित प्रतिकात्मक तस्वीर

पोखरा लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

रातको समयमा हल्लनचोक क्षेत्रमा पर्यकटलाई बाटो छेकी होटल मिलाइदिन्छौं भन्दै उनीहरुको व्याग तान्ने तथा पैसाको बार्गेनिङ गर्दै गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा-६ लेकसाइड बस्ने २२ वर्षीय सुदीप अर्याल, २६ वर्षीय सन्दीप गिरी, १९ वर्षीय सुमन शर्मा, २० वर्षीय नेत्रबहादुर प्रधान, २३ वर्षीय सुशील महतो र २६ वर्षीय राजन पौडेल हुन् ।

कास्की प्रहरीका सूचना अधिकारीका अनुसार उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरअन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds