८ महिनादेखि फरार पोखरा बाटुलेचौरका युवक पक्राउ

लागुऔषध कारोबार

८ महिनादेखि फरार पोखरा बाटुलेचौरका युवक पक्राउ

ajay gc

पोखरा । लागूऔषधसम्बन्धी मुद्धाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आठ महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरका २४ वर्षीय अजय जिसी रहेका छन् ।

वडा प्रहरी कार्यालय, बगर कास्कीबाट खटिई गएको टोलीले बिहीबार जिसीलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

लागूऔषध डाइजापामसमेतको मुद्धामा जिल्ला अदालत कास्कीले २०८० जेठ १९ मा जिसीविरुद्ध दुई वर्ष कैद सजाय र एक लाख चार हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

प्रहरीका अनुसार उनले २ महिना १६ दिन कैद अशुल गरेको तर एक वर्ष ९ महिना १४ दिन कैद सजाय र एक लाख चार हजार रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी रहँदा फरार भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds