पोखरा । पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको चौथो दिन आठ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत महिलातर्फ सेमीफाइनल खेल सम्पन्न भएका छन् । बिहिबार महिलातर्फ क्वाटरफाइनल र सेमीफाइनल गरी कुल चार तथा पुरुषतर्फ प्रिक्वाटरका चार खेल सम्पन्न भएका हुन् ।
महिलातर्फ भएको पहिलो सेमीफाइनल खेलमा कावासेतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२७ ले गुमाएको कावासेतीले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्यो । कावासेतीले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–११ र चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
दोस्रो सेमीफाइनल खेलमा माछापुच्छ्रेले बागलुङलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । माछापुच्छ्रेले २५–११, २५–८ र २५–१३ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।
पुरुषतर्फको खेलमा माछापुच्छ्रेले बागलुङलाई २–० को सोझो सेटमा पाखा लगायो । माछापुच्छ्रेले २५–१४ र २५ १९ को सेटमा हरायो ।
दोस्रो खेलमा राम बजारले लामा अमृत फाउन्डेसनलाई सोझो सेटमा हरायो । राम बजारले २५–१९ र २५–२० को जित निकाल्यो । तेस्रो खेलमा समिर सुनचाँदीले सिक्लेसलाई सोझो सेटमै पाखा लगायो । समिर सुचचाँदीले २५–७ र २५–११ को सेटमा हरायो । चौथे खेलमा आयोजक पुन समाजले कालिका पब्लिक क्याम्पसलाई पनि सोझो सेटमै हरायो । आयोजकले २५–२० र २५–२३ को जित निकालेको हो ।
पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा जारी प्रतियोगिताको क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ ।
समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला