लण्डन । बेलायतको स्कटल्याण्ड राज्यको एबरडीनमा भएको आगलागीमा परी नेपाली दिदीबहिनीको निधन भएको छ ।
सोमबार सोमबार साँझ करिब ६ बजे ब्ल्याक हिल्टन रोडमा लागेको सो आगलागीमा परी शिक्षा सुवेदी र आँचल सुवेदीको निधन भएको ढिला गरी समाचार सार्वजनिक भएको हाे ।
स्थानीय एबरडीन लाइभका अनुसार शिक्षाको उमेर २४ वर्ष रहेको छ भने आँचल २८ वर्ष भएको वी नेपाली यूकेले खबर सार्वजनिक गरेको छ ।।आँचल पेशाले इन्जीनियर र शिक्षा आइटी अध्ययन गरी क्यान अफसोरमा कार्यरत थिइन् ।
सो आगलागीमा परेका अरु पाँच जना भने उपचारपछि घर फर्किसकेको बताइएको छ ।
सुवेदी दिदीबहिनी डा. यज्ञप्रसाद सुवेदीका छोरीहरु हुन् । डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक हुन् ।
घटनाको बारेमा स्कटल्याण्ड प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीले सोमबार साँझ करिब ६ बजे आगलागीका बारेमा जानकारी पाएको र एम्बुलेन्स, दमकल लगायत आकस्मिक सेवाका १४ वटा साधन त्यहाँ परिचालित भएको बताएको छ ।
राति करिब ९ बजे आकस्मिक सेवा त्यहाँबाट फर्किएको बताइएको छ । घटनाको बारेमा थप जानकारी दिँदै एबरडिनस्थित नेपलिज हिमालयन एसोसिएसनका अध्यक्ष डा. शिव तिवारीले सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा मुनी विपरीत तर्फको फ्लाटबाट आगलागी शुरु भएको बताए । सुवेदी दिदीबहिनी दोस्रो तल्लामा बस्थे भने आगलागी पहिलो तल्लामा शुरु भएको थियो ।
आगलागी भएको थाहा पाएपछि दिदीबहिनी आफ्नो फ्लाटको ढोका बन्द गरी बाहिर निस्कन खोज्दा भर्याङमै धुँवाको मुस्लोमा परी निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ । दुवैजनाको शरीरमा कतै जलेको पनि नपाइएको पनि डा. तिवारीले जानकारी दिP।
डा. सुवेदीका तीन छोरीमध्ये जेठी विवाह भएर अलग्गै बस्थिन् भने दुई दिदीबहिनी बाआमाबाट करिब १० मिनेटको दुरीमा रहेको सो फ्लाटमा बस्ने गरेको खुलेको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो