माघ मसान्तभित्र पोल भाडा तिर्न इन्टरनेट तथा केबुल सेवा प्रदायकलाई टेलिकम पोखराको ताकेता

माघ मसान्तभित्र पोल भाडा तिर्न इन्टरनेट तथा केबुल सेवा प्रदायकलाई टेलिकम पोखराको ताकेता

फागुन १ गतेदेखि तार हटाउन सक्ने

Nepal Telecom Pokhara

नेपाल टेलिकमले आफ्ना पोलहरु प्रयोग गरेका सबै केबुल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरुलाई माघ मसान्तभित्र पोल भाडा तिर्न ताकेता गरेको छ ।

नेपाल टेलिकम, पोखराले एक सूचना प्रकाशित गर्दै भनेको छ – ‘यस कम्पनीको पोलहरु प्रयोग गर्नुभएका पोखरा तथा गण्डकी प्रदेशभरीका केवल टिभी सञ्चालकहरु तथा इन्टरनेट सेवा प्रदायकहरुले पोल प्रयोग गर्ने सम्झौता गरी अनिवार्य रुपमा पोल भाडा वापतको रकम २०८० माघ मसान्तभित्र यस कार्यालय तथा नजिकका दूरसञ्चार कार्यालयहरुमा सम्पर्क गरी भुक्तानी गर्नुहुन अनुरोध छ।’

टेलिकमले सम्झौता नगरेका तथा पोल भाडा नबुझाएका कम्पनीको तार फागुन १ गतेदेखि हटाउन सक्ने पनि जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ