पोखरा । आसन्न १८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहारा यूकेले नगद ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि संकलित उक्त रकम शुक्रबार एक कार्यक्रमका बीच म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चलाई हस्तान्तरण गरिएको हो । सहारा युकेका नवनिर्वाचित अध्यक्ष कृष्ण गुरुङ (कृष)सहितको टोलीले ५० हजार बराबरको चेक मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई हस्तान्तरण गरे ।
सो अबसरमा बोल्दै सहारा युकेका अध्यक्ष गुरुङले सहारा युकेको परिवारबाट संकलित उक्त रकम हस्तान्तरण गर्न पाउनु निकै गर्वको विषय रहेको जनाए । उनले भने–“यो हाम्रो सानो सहयोग हो । पक्कै पनि यो सहयोगले दुई संस्था बीचको सम्वन्धलाई अझै बलियो बनाउन र पोखरा म्याराथनलाई सफल बनाउन भूमिका खेल्नेछ ।”
पोखरामा हुने खेलकुदका विभिन्न कार्यक्रमहरुले यूकेमा बस्ने नेपालीहरुलाई संधै उत्साहित बनाउने जनाउँदै अध्यक्ष गुरुङले पोखरा म्याराथनलाई सफल बनाउन सबैलाई आर्थिक, नैतिक र भौतीक रुपमा समेत सहयोग गर्न आह्वान गरे । उनले यूकेबाट सबै सदस्यहरु पोखरा म्याराथनमा सहभागि हुने जानकारी दिए ।
पोखरा म्याराथनका मुख्य संयोजक दिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनको तयारी बारे जानकारी गराउँदै म्याराथनले विदेशमा रहेका सन्ततीहरुलाई खेलकुदको माध्यमबाट मातृभूमी आउन प्रेरित गरेको बताए ।
सो अवसरमा मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, सहारा यूकेकी सचिव एवं पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ, मञ्चका सल्लाहकार महेश गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष ले.रि.कुसाङ गुरुङ, पूर्व अध्यक्ष कुमार गुरुङ, सहारा युकेका सल्लाहकार हरिकुमार श्रेष्ठ, सहारा युकेका मिडिया संयोजक मिलन तमु, एस.के गुरुङ, एनआरएन यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, सहारा यूकेका सल्लाहकार कृष्ण गुरुङ, सहारा युकेका योगेश गुरुङ, एआरएनए टास्क फोर्सका संयोजक ले.रि.चन्द्र बहादुर गुरुङ, सल्लाहकार भोज बहादुर गुरुङ, यशोदा गुरुङलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा मञ्चका अध्यक्ष पराजुली र संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले सहयोगीहरुलाई आभार व्यक्त गर्दै प्रशंसापत्र प्रदान गरेका थिए ।
सम्बन्धित खबर
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते