पोखरा । पोखरामा आगामी आइतबारदेखि हुने भेट्रान फुटबल प्रतियोगितामा ग्रीन डेभलपमेन्ट बैंकले सह–प्रायोजन गर्ने भएको छ । बगर भाइखल र बैंकबिच आइतबादेखि सुरु हुने दोस्रो हिमालयन ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताका लागि सह–प्रायोजकको लागि एक समारोहका बिच सम्झौता भएको हो ।
बगर भाईखलकको तर्फ बाट अध्यक्ष दिल बहादुर गुरुङ र बैंकको तर्फबाट सिइओ हरि बहादुर बुढाथोकीले हस्ताक्षर गरेका थिए ।
भाईखलकको तर्फबाट प्रमुख सल्लाहकार दिनेस कुमार श्रेष्ठ र महासचिव याम बहादुर गुरुङ तथा बैंकको तर्फबाट डेपुटि सिइओ प्रकाश गुरुङ र व्यापार प्रबन्धक प्रमुख अनुप केसीको समेत उपस्थिती रहेको थियो ।
एक हप्तासम्म चल्ने प्रतियोगितामा कुल ३६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरि तीन उमेर सहुमा प्रतियोगिता हुनेछन् ।
प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिमा २३ टिमको सहभागिता रहेको छ ।
५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । ५० वर्षमाथिमा ९ टिमको सहभागिता रहेको छ । ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त विधामा ४ टिमको सहभागिता रहेको छ भने, तीनै विधाका म्यान अफदी म्याचले भने ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो