मृत्यु भयो भनिएका मोडल पुनम पाण्डेले इन्स्टाग्राममा भिडियो राख्दै भनिन् – म जीवितै छु !

मृत्यु भयो भनिएका मोडल पुनम पाण्डेले इन्स्टाग्राममा भिडियो राख्दै भनिन् – म जीवितै छु !

भन्छिन् – सर्भिकल क्यान्सरबारे सचेतना फैलाउन खोजेकी थिएँ

poonam-pandey

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले इन्स्टाग्राममार्फत भिडिओ सन्देश जारी गर्दै आफू जीवितै रहेको बताएकी छन्।

शनिबार उनले इन्स्टाग्राम भिडिओ सन्देशमा भनेकी छन्, ‘म तपाईंहरू सबैसँग केही महत्त्वपूर्ण कुरा साट्न जरुरी ठान्छु। म जीवितै छु।’ यसअघि शुक्रबार उनकै आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको खबर आएको थियो।

त्यसको एक दिनपछि उनले आफू जीवितै रहेको अर्काे सन्देश जारी गरेकी हुन्। शनिबार पोस्ट भिडिओमा पुनम पाण्डेले भनेकी छन्, ‘आउनुहोस् चेतना फैलाएर एकअर्कालाई सशक्त बनाऔँ र प्रत्येक महिलालाई आवश्यक कदमबारे जानकारी गराउने सुनिश्चित गरौँ। आउनुहोस् हामी सबै मिलेर यस रोग (पाठेघरको मुखको क्यान्सर) को विनाशकारी प्रभाव अन्त्य गर्ने प्रयास गरौँ।’

शुक्रबार पुनम पाण्डेको मृत्युको खबर बाहिरिएपछि धेरै प्रश्न उठिरहेका छन्। सामाजिक सञ्जालमा धेरैले यो खबर पत्याउन सकिरहेका थिएनन्।

यस विषयमा पुनम पाण्डेको परिवारले भने सार्वजनिक रूपमा केही बताएका थिएनन्। उनको मृत्यु कहाँ भएको हो भन्ने जानकारी नआउँदा शुक्रबार साँझसम्म शंकाकै वातावरण थियो।

३२ वर्षीया पुनम पाण्डे सामाजिक सञ्जाल र मोडलिङको दुनियाँमा चर्चित नाम हुन्। यसअघि चुनाव प्रचारका लागि पनि उनले विवादास्पद तरिका अपनाएकी थिइन्।

पाण्डेको इन्स्टाग्राम अकाउन्टमा शुक्रबार सेयर गरिएको पोस्टमा ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्री प्यारी पूनमलाई गुमाउनु परेको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनीयता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं’ भन्ने उल्लेख थियो ।

यो पोष्ट सार्वजनिक भएपछि कलाकार कंगना रनावत र अनुपम खेरले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए । इण्डिया टुडेमा प्रकाशित एक समाचारमा पाण्डेको सुरक्षागार्डले आफू विरामी भएको कहिल्यै उल्लेख नगरेको बताएका थिए ।

पाण्डेको मृत्युको खबरबारे पुष्टि गर्न उनको परिवारका सदस्यहरुलाई सम्पर्क गर्न खोज्दा कि त फोन अफ भएको कि फोन नउठेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

शनिबार उनकै एकाउन्टबाट आएको पोष्टले उनको मृत्युको खबर झुटो खबर फैलिएको थियो ।

पाण्डेले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । टिभीतर्फ उनी ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा सहभागी थिइन् ।

हेर्नुहोस् पुनम पाण्डेको इन्स्टा भिडियो –

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ