पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्तर्गत आइतबार भएको खेलबाट ६ जना खेलाडी प्रि—क्वाटर फाइनलमा प्रवेश गरेका छन्।
अन्तिम १६ भित्र पर्ने खेलाडीहरुमा दिनेश भण्डारी, वाङ्गचुक तामङ्ग, नितेश खण्डेलवाल, आयुष गौतम, सरोज गौतम र राजन लामा रहेका छन्। आइतारको खेलमा काठमाण्डौंका निमा शेर्पालाई काठमाण्डौंकै दिनेश भण्डारीले ४—२ को सेटमा पराजित गरे ।
अर्को खेलमा काठमाण्डौंका वाङ्गचुक तामाङ्गले वुटवलका कुनल श्रेष्ठलाई ४—३ को सेटमा पन्छाए भने हेटौडाका नितेश खण्डेलवालले पोखराका रोमन शाहीलाई ४—० को सोझो सेटमा पराजित गरेका हुन् ।
त्यस्तै इटहरीका आयुष गौतमले काठमाण्डौंका पेम्वा शेर्पालाई ४—० को सोझो सेटमा पराजित गरे, बिराटनगरका सरोज गौतमले काठमाण्डौंका राजन गुरुङलाई ४—३ को सेटमा पन्छाए भने आइतबारको अन्तिम खेलमा काठमाण्डौंका राजन लामाले वुटवलका विरेन शाक्यलाई ४—० को सोझो सेटमा पराजित गरी प्रि—क्वाटरफाइनलमा यात्रा बनाएका हुन् ।
पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत आइतबार तेश्रो चरणका खेलहरु भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताए ।
यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि भएको अध्यक्ष बि.क.ले बताए । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता पोखरामा भएको प्रालि.का संचालक प्रताप गुरुङले बताए ।
प्रतियोगितामा प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०/२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह