कास्की प्रहरीद्वारा लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की प्रहरीद्वारा लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

lagu pakrau

पोखरा। कास्की प्रहरीले लागु औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-२० घर भई हाल पोखरा -१६ दिप बस्दै आएका २६ वर्षीय रितिक परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

परियारलाई जिल्ला अदालत कास्कीको २०८० असोज १५ गतेको फैसलाले लागु औषध सम्बन्धी मुद्दामा १ वर्ष ७ महिना कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना तोकेकोमा फरार रहँदै आएका थिए।

उनलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको कार्यालय प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीले जानकारी दिए ।

हाल उनलाई फैसला कार्यान्वयनको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds