मापसे गरी झैझगडा गर्ने स्याङ्जाका ४ जना पोखरा नागढुंगाबाट पक्राउ

झै-झगडा

मापसे गरी झैझगडा गर्ने स्याङ्जाका ४ जना पोखरा नागढुंगाबाट पक्राउ

हिरासतमा राखी ७ दिन म्याद थप

pakraau

पोखरामा मध्यराति मादक पदार्थ सेवन गरी झैझगडा गर्ने चारजना युवाहरुलाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

गएराति साढे १२ बजेतिर पोखरा महानगरपालिका वडा नं. ९ नागढुङ्गा स्थित सार्र्वजनिक स्थानमा मापसे सेवन गरी एक आपसमा कुटाकुट गरिरहेका ४ जना युवकलाई पक्राउ गरेको कार्यालय प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ८ घर भएका बर्ष २७ को युबराज गुरुङ, पुतलीबजार वडा नं.२ घर भएका बर्ष ३३ को जिबन गुरुङ र बर्ष २५ को सुल्सि गुरुङ भन्ने कृर्तन गुरुङ, पुतलीबजार वडा नं.८ घर भएका बर्ष २५ को सुमन सुनारले मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै एक आपसमा झैझगडा गरेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरु सबै पोखरा १५ बस्दै आएको खुलेको छ ।

समाजमा अशान्ति मच्चाई रहेका छन् भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट उक्त स्थानमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको डीएसपी श्रेष्ठले बताए ।

पक्राउ परेका चारैजनालाई अभद्र व्यवहार सम्वन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ