सुर्य दर्शन ठगी प्रकरण : सहकारीका पोखरा संचालक समिति सदस्य भट्टराई पक्राउ

सुर्य दर्शन ठगी प्रकरण : सहकारीका पोखरा संचालक समिति सदस्य भट्टराई पक्राउ

Screenshot_1

पोखरा। सूर्य दर्शन सहकारी ठगी प्रकरणका थप एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -४ नालाकोमुखमा मुख्य कार्यालय रहेको सुर्यदर्शन सहकारी संस्था लिमिटेडका ठगी काण्डका प्रतिवादी सुनसरी इनरुवा नगरपालिका -५ घर भइ सहकारीका पोखरा संचालक समिति सदस्य रहेका ३० वर्षीय प्रमोद भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।

कास्की प्रहरीका अनुसार उक्त सहकारी संस्था लिमिटेडको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार भट्टराईलाई बिहीबार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा गोकर्णेश्वर नगरपालिका ४ बाट पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।

हाल भट्टराईलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएर अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको प्रवक्ता विकले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds