पोखरा म्याराथन वातावरणमैत्री बनाउन साइक्लिङ भोलिन्टियर खटिने

पोखरा म्याराथन वातावरणमैत्री बनाउन साइक्लिङ भोलिन्टियर खटिने

Pokhara Marathon (3)

पोखरा । यहि फागुन ५ गते पोखरामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् ।

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक स्कर्टिङका लागि साइक्लिङ भोलिन्टिएर र आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चबीच छलफल सम्पन्न भएको हो ।

म्याराथनलाई सुरक्षित र धावकहरुलाई स्कर्टिङसँगै वातावरणमैत्री बनाउनका लागि साइकल स्वयं–सेवकसँग छलफल भएको मञ्चले जनाएको छ। छलफलमा साइकल सिटी र पोखरा राइडर क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त छलफलमा साइकल राइडरहरुले आ–आफ्नो जिज्ञासा राख्दै प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई मात्र नभई अन्तिममा आउनका लागि समेत सुरक्षा दिनुपर्ने सुझाव दिएका थिए । उनीहरुले विभिन्न व्यक्तिले स्वयं–सेवक बन्नकै लागि नाम मात्र लेखाउनेलाई स्वयं–सेवक नबनाई वास्तवमै अन्तिम सम्म काम गर्नेहरुलाई मात्र राख्न अनुरोध गरे ।

उनीहरुले धावकका लागि साइकलबाट स्कर्टीङ गर्ने रुटको बारेमा शनिबार अध्ययन गर्ने भएका छन् । उनीहरुले अघिल्लो संस्करणमा भन्दा यस पटक रुट अलि सहज भएको कारण काम गर्न केही सहज हुने समेत बताए । साइकल स्वयं–सेवकका लागि संयोजन गरेका शंकर भण्डारीले शनिबार रंगशालाबाट रुटको अवलोकनमा जाने बताएका छन् । उनले रुटको अवलोकन पश्चात के कसरी साइकल स्कर्टिङ गर्ने भन्ने बारेमा पुनः छलफल गर्ने सुनाए ।

म्याराथन अन्तर्गत आज शनिबार ह्विलचियर र दृष्टिविहिन दौड प्रतियोगिता आयोजना हुँदैछ । उक्त प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । उक्त दौडको सम्पूर्ण तयारी पुरा भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ