पोखरा । पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ ।
शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे ।
उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । खेलको म्यान अफ दी म्याच भारती टिमका ७३ वर्षिय खेलाडी तथा क्याप्टेन लोकमणि भट्ट घोषित भए । ६० वर्षमाथिको खेलमा चार टिमको सहभागिता रहेको थियो ।
बगर भाइखलकले यस अघिका संस्करणमा ४० वर्षमाथि उमेर समुहको मात्र प्रतियोगिता गराएपनि हाल तीन विधामा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ४० वर्षमाथि उमेर समूह, ५० वर्षमाथि उमेर समूह र ६० वर्ष माथि उमेर समूहको प्रतिस्पर्धा गराएको हो ।
भोलि सनिबार ४० र ५० वर्षमाथि उमेर समूहको फाइनल खेल हुँदैछ । ५० वर्षमाथि आयोजक बगर भाइ खलक र संगम भेट्रान उपाधिका लागि भिड्ने छन् भने, ४० वर्षमाथि नागस्वेती भेट्रान हेटौंडा र जोरपाटी भेट्रान काठमाडौं भिड्नेछन् ।
प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हिमालयन ब्रुअरी प्रा.लिको मुख्या प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ ।
माघ २१ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान