पोखरा । पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ ।
शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे ।
उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । खेलको म्यान अफ दी म्याच भारती टिमका ७३ वर्षिय खेलाडी तथा क्याप्टेन लोकमणि भट्ट घोषित भए । ६० वर्षमाथिको खेलमा चार टिमको सहभागिता रहेको थियो ।
बगर भाइखलकले यस अघिका संस्करणमा ४० वर्षमाथि उमेर समुहको मात्र प्रतियोगिता गराएपनि हाल तीन विधामा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ४० वर्षमाथि उमेर समूह, ५० वर्षमाथि उमेर समूह र ६० वर्ष माथि उमेर समूहको प्रतिस्पर्धा गराएको हो ।
भोलि सनिबार ४० र ५० वर्षमाथि उमेर समूहको फाइनल खेल हुँदैछ । ५० वर्षमाथि आयोजक बगर भाइ खलक र संगम भेट्रान उपाधिका लागि भिड्ने छन् भने, ४० वर्षमाथि नागस्वेती भेट्रान हेटौंडा र जोरपाटी भेट्रान काठमाडौं भिड्नेछन् ।
प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हिमालयन ब्रुअरी प्रा.लिको मुख्या प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ ।
माघ २१ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
आजदेखि ओलम्पिक सुरु, नेपालबाट ७ खेलाडीको सहभागिता
यू–२० बुद्धिचाल प्रतियोगिता: ईश्वर बने च्याम्पियन
यु २० बुद्धिचाल प्रतियोगिता : पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न
महिला एशिया कप क्रिकेटमा नेपालको विजयी सुरुवात
पोखरामा यू–२० चेस प्रतियोगिता हुने
यमालले तोडे पेलेको ६६ वर्ष पूरानो कीर्तिमान
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग