सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

Gold sun

पोखरा । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ट्रेन्डिङ


This will close in 3 seconds