पर्वत र बागलुङको संगम मालढुङ्गास्थित कालीगण्डकीमा सुरु भयो साहसिक खेलकुद

पर्वत र बागलुङको संगम मालढुङ्गास्थित कालीगण्डकीमा सुरु भयो साहसिक खेलकुद

पहिलो दिन राष्ट्रिय कायाक च्याम्पियनसिप सम्पन्न

WhatsApp Image 2024-02-11 at 18.36.24_c77d919f

पोखरा । गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता सुरु भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका हुन् ।

आइतबार सम्पन्न राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६.६१ मिनेटको समय लिदैं पहिलो हुन सफल भएका छन् । प्रतियोगितामा उदयपुरका डम्बर बहादुर पूर्वाछानेले ८७.०२ मिनेटको समय लिंदै दोश्रो स्थान हासिल गर्दा चितवनका शक्ति कुमार गुरुङ तेश्रो भए । उनले कुल ९०.१ मिनेटको समय लिए । यसै गरी ९१.८९ मिनेट समय लिएका चितवनका नविन श्रेष्ठ चौथो हुँदा ९१.८९ मिनेटमा दुरी पार गरेका खोटाङका प्रशान्त राई पाँचौ स्थान हासिल गरे ।

राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा प्रतियोगितामा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार र मंगलबार ¥याफटिङ अन्तर्गतका अन्य दुई प्रतिस्पर्धाहरु हुने सहाशिक खेलकुदका संयोजक एवं परिषदका बोर्ड सदस्य बसन्तराज दवाडीले बताए । उनका अनुसार भोली स्प्रेन हेड टु हेड र मंगलबार सालोलम डाउन रिभर रेस हुनेछ ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जानकारी दिए । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौस्थान प्राप्त गर्ने खेलाडीहरु क्रमश नगद रु ३०, २०, १५, १० र ५ हजार प्रदान गरिने उनले बताए ।

र्‍याफटिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक एवं खेलका मुख्य प्रशिक्षक निम बहादुर मगरले बताए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको छ । सोही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको समेत छनौट हुने मगरले बताए ।

काली गण्डकीलाई सहाशिक खेलकुदको गन्तव्य बनाउन परिषदको पहलमा गत माघ २० गते अध्ययन सम्पन्न गरेको थियो ।

काली गण्डकीलाई सहाशिक खेलकुदको गन्तव्य बनाउन परिषदको पहलमा गत माघ २० गते अध्ययन सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ