पोखरामा अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधन नियन्त्रणमा

पोखरामा अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधन नियन्त्रणमा

pho

पोखरा । पोखरा महानगरपालिका– १६ बाट अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान सवा १० बजेतिर अवैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी निकासी गरिरहेको भन्ने सूचनाको आधारमा सिआरभी लामाचौरबाट खटिई गएको प्रहरी टोलीले ती सवारी नियन्त्रणमा लिएको हो ।

अबैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गरी रहेको अवस्थामा ग १ ख ८५८६ नम्बरको मिनिटिप्पर र बा २ ख ३०४६ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

सूचना अधिकारी विकका अनुसार नियन्त्रणमा लिएको सवारी तथा सवारी धनीलाई आवश्यकअनुसन्धान एंव कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा र आन्तरिक राजश्व कार्यालय पोखरामा पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ