गोरखाका तीन पालिकाले दिए ‘जनयुद्ध दिवस’ को सार्वजनिक विदा

गोरखाका तीन पालिकाले दिए ‘जनयुद्ध दिवस’ को सार्वजनिक विदा

sarbajanik bidako mag

गोरखा । जनयुद्ध दिवस अर्थात फागुन १ गते गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै दिवस मनाउन सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

अजिरकोट गाउँपालिकाको आइतबारको बैठकले पालिका अन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, र वैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यस्तै गण्डकी गाउँपालिकाले पनि आज एक सार्वजनिक सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा पालिका भित्र सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) द्धारा हस्ताक्षरीत सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका गर्न २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको सम्मान र स्मरणका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । सार्वजनिक विदाका दिन गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै भिमसेनथापा गाउँपालिकाले पनि आफ्नो बार्षिक क्यालेन्डरमा नै जनयुद्ध दिवसका दिन सार्वजनिक विदा उल्लेख गरेकाले फागुन १ गते जनयुद्ध दिवसका दिन पालिका भित्र सार्वजनिक विदा भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

गृह मन्त्रालयले भने भोलि सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ ।

यसअघि गृह मन्त्रालयले गएको वर्षको चैत २ गते राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर निर्णयविरुद्ध रिट परेपछि सर्वाेच्च अदालतले फागुन १ गते जनयुद्ध दिवसको रुपमा विदा नदिन अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ