गोरखा । जनयुद्ध दिवस अर्थात फागुन १ गते गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै दिवस मनाउन सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
अजिरकोट गाउँपालिकाको आइतबारको बैठकले पालिका अन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, र वैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यस्तै गण्डकी गाउँपालिकाले पनि आज एक सार्वजनिक सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा पालिका भित्र सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) द्धारा हस्ताक्षरीत सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका गर्न २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको सम्मान र स्मरणका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । सार्वजनिक विदाका दिन गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै भिमसेनथापा गाउँपालिकाले पनि आफ्नो बार्षिक क्यालेन्डरमा नै जनयुद्ध दिवसका दिन सार्वजनिक विदा उल्लेख गरेकाले फागुन १ गते जनयुद्ध दिवसका दिन पालिका भित्र सार्वजनिक विदा भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
गृह मन्त्रालयले भने भोलि सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ ।
यसअघि गृह मन्त्रालयले गएको वर्षको चैत २ गते राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर निर्णयविरुद्ध रिट परेपछि सर्वाेच्च अदालतले फागुन १ गते जनयुद्ध दिवसको रुपमा विदा नदिन अन्तरिम आदेश दिएको थियो ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु