पोखरा । मित्र मिलन सहकारी ठगीका आरोपित हरेराम भण्डारीलाई आज सोमबार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको छ । अदालतमा आफैं उपस्थित भएका भण्डारीलाई ७ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
श्रेस्तेदार रुद्रप्रसाद अर्यालका अनुसार न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको इजलासले ७ लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
कस्की अदालतले यस अघि लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी (७ लाख), विष्णुप्रसाद भण्डारी (७ लाख) र पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई (१२लाख) धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
मित्र मिलन सहकारीका ३ हजार ४ सय ४६ बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ हिनामिना गरिएको भन्दै ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म १० जना मात्र पक्राउ परेका छन् । पक्राउ परेका मध्ये ४ जना धरौटीमा छुटेका छन् भने बाँकी ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
यसरी कारागार चलान हुनेहरुमा सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल र शेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन् । बाँकी हालसम्म पनि फरार नै छन् ।
सम्बन्धित समाचारः
पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा रिहा
उपप्राध्यापक भण्डारी ७ लाख धरौटीमा छुटे
लेखा संयोजक अधिकारी ७ लाख धरौटीमा रिहा
मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो