विश्व कीर्तिमानी युवा धावक केल्भिनको दुर्घटनामा निधन

विश्व कीर्तिमानी युवा धावक केल्भिनको दुर्घटनामा निधन

kelvin-kiptum

पोखरा । पुरुष म्याराथनमा विश्व कीर्तिमान बनाएका केन्याका २४ वर्षीय धावक केल्भिन किप्टमको कार दुर्घटनामा निधन भएको छ।

स्थानीय समय अनुसार आइतबार दिउँसो ११ बजे भएको उक्त दुर्घटनामा पश्चिमी केन्यामा प्रशिक्षक रुवाण्डाका गेर्भाइस हाकिजिमानासँगै सडक दुर्घटनामा उनको पनि निधन भएको हो।

किप्टमले २०२३ मा आफ्नै देशका महान धावक एलिउड किप्चोगेको प्रतिद्वन्द्वीको रूपमा उदाउन सफल भएका थिए।

उनले गत अक्टोबरमा शिकागोमा भएको म्याराथनमा दुई घण्टा ३५ सेकेन्डमा २६.१ माइल (४२ किलोमिटर) दुरी पूरा गर्दै किप्चोगेको रेकर्ड तोडेका थिए। यी दुई खेलाडीलाई यस वर्षको अन्त्यमा पेरिस ओलम्पिकका लागि केन्याको टोलीमा समावेश गरिएको थियो।

किप्टमलाई श्रद्धाञ्जली अर्पण गर्दै केन्याका खेलकुदमन्त्री आबाबु नाम्बाम्बाले सामाजिक सञ्जाल एक्समा केन्याले एक विशेष रत्न गुमाएको बताएका छन्।

किप्टमले चलाएको गाडी अनियन्त्रित भएर पल्टिँदा दुबै जनाको निधन भएको प्रहरीले पुष्टि गरेको छ।

कारमा सवार महिला यात्रु शेरोन कोसगेई भने गम्भीर घाइते भएकी छिन् । उनको उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ