सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

Gold

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ट्रेन्डिङ


This will close in 3 seconds