पोखरा । कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसका अवसरमा यस वर्षपनि अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितालाई निरन्तरता दिएको छ । २०७५ सालदेखि नै स्थापना दिवस मनाउँदै आएको पालिकाले यो वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो ।
भलिबलसँगै झाँकी प्रदर्शन, माला प्रतियोगिता, रुपा रत्न सम्मान लगायतका विविध कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
गाउँपालिकाले आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गरी स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म कार्यक्रम गरी मनाउने जानकारी दिएको हो ।
अध्यक्ष ओझाले कला संस्कृति, स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्न झाँकी प्रदर्शनी, माला प्रतियोगितासँगै कृषकलाई उत्प्रेरित गर्न रुपा रत्न पुरस्कार प्रदान गरिने बताए ।
उनका अनुसार फागुन २४ देखि सञ्चालन हुने अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुषभलिबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने टिमले ४० हजार र सान्त्वना हुने टिमले २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही २÷२ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । हाल कायम भएको नयाँ वडा अनुसार वडास्तरीय प्रतियोगिता गर्न लागेको हो ।

यस्तै, रुपा गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगितामा ३५ जनाको समूहमा ५ जना ३० वर्ष भन्दा कम उमेरको अनिवार्य हुनुपर्ने अध्यक्ष ओझाले बताए ।
झाँकी प्रदर्शन प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, माला प्रतियोगिताको विजेताले ६ हजार, उपविजेताले ४ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । मालामा स्थानीय सामाग्रीहरुमात्र प्रयोग गर्नुपर्ने बताइएको छ । बाह्य जरि, फूल लगायतका अन्य कुनै पनि वस्तु प्रयोग गर्न पाइने छैन ।
गाउँपालिकाले प्रदान गर्दै रुपा रत्न पुरस्कार २०८० यसपटक गाउँपालिका भित्र कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कृषि पेशामा उत्कृष्ट रहेका कृषकहरुलाई ५ हजार नगदसहित ताम्रपत्र र दोसल्लासहित सम्मान गर्ने अध्यक्ष ओझाले जानकारी दिए ।

रुपा गाउँपालिकाले अध्यक्ष स्थापना दिवसका अवसरमा गाउँपालिकालाई सहयोग गर्ने र रुपामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वलाई पनि रुपा रत्नबाट सम्मान गर्दै आएको छ ।
कार्यक्रमको उद्घाटन फागुन २४ गते हुने र मुल समारोह फागुन २७ गते हुनेछ । उक्त दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुति समेत रहने आयोजक रुपा गाउँपालिकाले जनाएको छ।
कार्यक्रम सम्पन्नार्थ वडा अध्यक्षहरुको संयोजकत्वमा उपसमिति गठन गरी तयारीलाई तीब्रता दिइएको छ । पत्रकार सम्मेलनमा उपाध्यक्ष लालसुबा गुरुङ लगायत वडा अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्