पोखरामा सातौं विरेन स्मृति १७ औं बिटी कप सुरु

पोखरामा सातौं विरेन स्मृति १७ औं बिटी कप सुरु

उद्घाटन खेलमा मेनीमोर विजयी

News Photo BT

पोखरा । पोखरामा बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा मंगलबारदेखि सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलबाट मेनीमोर एफसीले विजयी सुरुवात गर्याे ।

बिटी क्लब हरियो र मेनीमोरबीच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा मेनीमोरले ३–२ गोल अन्तरले पराजित गर्याे ।

यस्तै अर्काे खेलमा एलजिआरवाइसी काठमाडौंको टिमले एसटी लोटसलाई १–० गोल अन्तरले हराउँदै काठमाडौं दोस्रो चरणमा प्रवेश गर्याे । काठमाडौंको जीतमा करण खड्काले निर्णायक गोल गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले नयाँ खेलाडी उत्पादन गर्नमा प्रतियोगिताले भूमिका खेल्ने धारणा राखे । विगत लामोसमयदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको प्रतियोगिताले पोखराको फुटबलको विकासमा ठुलो टेवा पुर्याएको सांसद बरालले बताए ।

उनले १७ औं संस्कणसम्म एउटै प्रतियोगिताले निरन्तरता पाउनु पछाडि आयोजक संस्थाको अतुलनिय सँघर्ष भएको उल्लेख गर्दै खुलेरै प्रशंसा गरे । उनले आगामी दिनमासमेत प्रतियोगितालाई निरन्तरता दिन सुझाव दिंदै उनले आफ्ना तर्फदेखि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

आगामी १० गते सञ्चालन हुने सो प्रतियोगितामा ५६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अुनसार फागुन २ गते पहिलो चरणकै ८ खेल हुनेछन् ।

सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।

१६ औं संस्करणकौ बिटी कपको उपाधि पोखरेली क्लब गन्नी एफसीले जितेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ