भ्यालेन्टाइन डे मनाउन भन्दै कोठामा बोलाएर नाबालिकामाथि बलात्कार, किशोर पक्राउ

अपराध

भ्यालेन्टाइन डे मनाउन भन्दै कोठामा बोलाएर नाबालिकामाथि बलात्कार, किशोर पक्राउ

अत्यधिक रक्तश्रावपछि नाबालिका बेहोस

kishor-pakrau

सिरहामा भ्यालेन्टाइन मनाउने नाममा १५ वर्षीया नाबालिकालाई बेहोस हुने गरी बलात्कार गर्ने एक किशोर लहानबाट पक्राउ परेका छन्।

लहान नगरपालिका वडा नं. २ मा कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादव नाबालिका वलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

यादवले ती किशोरीलाई ‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै कोठामा बोलाएर बेहोश हुने गरी बलात्कार गरेको आरोप छ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका थिए । बलात्कृत नाबालिकाको अवस्था गम्भीर छ ।

बलात्कृत नाबालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् । उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।

पीडित परिवारले मध्यराति १२ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो। पीडित पक्षबाट सूचना पाएपछि बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ