विरेन स्मृति बिटी कपमा पहिलो चरणका खेल सकियो

विरेन स्मृति बिटी कपमा पहिलो चरणका खेल सकियो

Bt Cup Photo

पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् ।

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (शुक्रबार) भएको पहिलो खेलमा मालेपाटन युुथ क्लबले मसिना बगरलाई २–१ गोलको अन्तरले पराजित गर्याे ।

यस्तै दोसो खेलमा म्याक्सवेल पोखराले चाउँथे एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै म्याक्सवेल अघिल्लो चरणमा प्रवेश गर्याे ।

तेस्रो खेलमा एट टु नाइनले मेरो नेपाललाई १–० गोल अन्तरले हराउँदै मडला दोस्रो चरणमा प्रवेश गर्याे ।

यस्तै चौथो खेलमा तारा एफसीले पसगाउँ एफसीलाई ४–० गोल अन्तरले पाखा लगायो ।

भिमकाली टिम ‘बि’ र एपेक्स क्लब काँडेबीच भएको पाँचौ खेल गोलरहित निर्धारित समय सकिएपछि टाइब्रेकरमा एपेक्सले भीमकालीलाई ५–४ गोल अन्तरले पराजित गर्याे ।

छैटौं खेलमा नमस्ते ब्रदर्शले डक्टरर्स टिमलाई ५–० गोलको फराकिलो अन्तरले नमस्ते ब्रदर्श विजयी बन्यो ।

क्लबका अनध्यक्ष असिम थापाका अनुसार आज २ वटा दोस्रो चरणका खेल सम्पन्न भएको छ । उनका अनुसार दोस्रो चरणको पहिलो खेलबाट मेनीमोरले भदौरे क्लब टिम ‘ए’लाई ३–० गोल अन्तरले पराजित गर्दै मेनीमोर प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।

नदीपुर युनाइटेड र शुक्लागंगा क्लब हेमजाबीच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समया सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै नदीपुर प्रिक्वाटरफाइनलमा स्थान बनायो ।

अध्यक्ष थापाले शनिबार पनि दोस्रो चरणकै ८ खेल सञ्चालन हुने जानकारी दिए । दोस्रो चरणको खेलबाट विजयी टिम प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । सो प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको छ ।

उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ