डीएसपी हुँ भन्दै मधेशी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

दुर्व्यवहार

डीएसपी हुँ भन्दै मधेशी युवालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

‘तँ इन्डियन नागरिकता छ कि छैन' भनी अपशब्द बोल्ने पुरूष प्रहरी नभएको खुलासा

Prabin Shrestha

काठमाडौंको लाजिम्पाटमा मधेशी युवालाई धम्क्याएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेशी युवालाई एक व्यक्तिले आफू प्रहरीको डीएसपी हूँ भन्दै अश्लिल शब्दले गालीगलोज गरेका थिए । तर, धम्क्याउने श्रेष्ठ प्रहरी नभएको दरबारमार्ग प्रहरीले जनाएको छ ।

दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परिसकेका छन् । पक्राउ पर्ने ती पुरूष कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् ।

दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो । वीरगञ्जका अंकित गुप्ताले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ