१९ वर्षीया किशोरी आत्महत्या दुरुत्साहनमा स्याङ्जाका सिजन पक्राउ

अपराध

१९ वर्षीया किशोरी आत्महत्या दुरुत्साहनमा स्याङ्जाका सिजन पक्राउ

Syangja Police

स्याङ्जाको गल्याङ नगरपालिकाबाट १९ वर्षीय सिजन विकलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जा पुतलीबजार नगरपालिका -५ कि १९ वर्षीया एक किशोरी गत माघ २१ गते गल्याङ नगरपालिकास्थित चिउरीको पुल पारी रहेको जङ्गलको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि छानबिनका क्रममा गल्याङका सिजन बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतले गण्डकन्यूजलाई जानकारी दिए ।

एसपी राउतले घटनाको छानबिन गर्ने क्रममा पक्राउ परेका बिकलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ